१३ औं साग: पुरुष फुटबलमा नेपाल विजयी

संवाददाता
२४ मंसिर २०७६, मंगलवार १८:२३

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटकको उपाधि हो भने समग्रमा चौथो पटकको हो ।

मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २(१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २–१ को जितसँगै स्वर्ण जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*