लुटिएको मान्छे हुँ म

खोजराज गोले
२९ मंसिर २०७६, आईतवार २१:५१

हिन्दू राज्य सत्ताद्वारा लुटिएको मान्छे हुँ म !
गौकाण्डमा पुस्तौंपुस्ता थुनिएको मान्छे हुँ म !

देशको नाममा भूमि दिएँ ज्यानसँगै सारा दिएँ !
फेरि पनि राज्यभित्रै कुँजिएको मान्छे हुँ म !

ऐय्या दुख्यो भन्दा पनि अराष्ट्रिय हुँदोरै’छु !
ऐन कानून नियमद्वारा लुछिएको मान्छे हुँ म !

भाषा लुटे पर्व खोसे धर्ममाथि बन्देज लाए !
राजा नेता भन्नेद्वारा थुकिएको मान्छे हुँ म !

नेपाली त कैल्यै भइनँ बोलीपिच्छे भोटे रहेँ !
अझै पनि हिमालसरि चुलिएको मान्छे हुँ म !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*