पुस २ गतेबाट हेटौंडा भेट्रान कप हुने

संवाददाता
३० मंसिर २०७६, सोमबार ०९:०८

मकवानपुर । आउँदो पुस २ गते देखि ५ गते सम्म हेटौंडामा पाँचौ हेटौंडा भेट्रान्स कप ८ ए साइड राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार आयोजक हेटौंडा भेट्रान्सले हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो । उद्घाटन खेल पुस २ गते अमर सिंह युवा क्लब र सिमरा भेट्रान्स बिच हुने जनाइएको छ ।

प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको पत्रकार भेटघाटमा हेटौंडा भेट्रानका उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट खेलाडीलाई २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याचलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १० लाख ३६ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*