पोखराले हात पार्यो हेटौंडा भेट्रान्सको उपाधि

संवाददाता
५ पुष २०७६, शनिबार २१:३०

मकवानपुर । हेटौंडा ४ स्थित हुप्र चौरमा भएको पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बगरभाईखलक पोखराले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा बगरभाईखलक पोखराले बानेश्वर फुटबल टिम काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।

बगरभाईको जितको लागि ७ औं मिनेटमा राजकुमार तामागंले गोल गर्दै टिमलाई अग्रता बनाएका थिए । यस्तै खेलको दोश्रो हाफको ४९ औं मिनेटमा बगरभाई टिमका कप्तान ईश्वर गुरुगले थप गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।

खेलमा प्रथम हुने बगरभाईखलक पोखराले नगद १ लाख १ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने बानेश्वर फुटबल टिमले नगद ५१ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै खेलमा उत्कृष्ट फरवर्ड खेलाडीका रुपमा बगरभाईखलकका राजकुमार तामागं,वेष्ट डिफेन्स खेलाडीको रुपमा बानेश्वर फुटबल टिमका बिश्व बैराग समाल,वेष्ट मिड फिल्डर हरीहर झलक,वेष्ट किपरको रुपमा बगरभाईखलकका किपर लक्ष्मण तामाग घोषित भएका छन् भने उनिहरु चारै जनाले नगद ५ हजार सहित ट्रर्फी प्राप्त गरेका छन् । यस्तै खेलको उत्कृष्ट खेलाडी बगरभाईखलकका क्यापटेन ईश्वर गुरुगले नगद १० हजार सहित ट्रर्फी प्राप्त गरेका छन् । (खबर ब्रेक डटकम को सहयोगमा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*