चुनियाँ गुम्बाका प्रमुख लामा लारिन लामाको निधन

संवाददाता
७ माघ २०७६, मंगलवार १६:४५

मकवानपुर । भीमफेदी गाउँपालिका – २ चुनियाँ, उर्गेन याङफेल लिङ गुम्बाका प्रमुख लामा लारिन लामाको मंगलबार गंगलाल हृदय रोग केन्द्र काठमाडौंमा निधन भएको छ । ४८ वर्षीय लामाको एक्कासी मुटुमा समस्या देखिएपछि उक्त अस्पताल लगिएकोमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको गुम्बाका आनी डोल्माले जानकारी दिएकी छन् ।

उनी लामो समयदेखि उर्गेन याङफेलिङ गुम्बा चुनियाँ र हेटौंडा ५ सानोपोखरा गुम्बाको प्रमुख लामाको रुपमा रहेको थियो । बौद्ध धर्म सम्बन्धी ज्ञानको प्रचार प्रसारमा उनको महत्वपूर्ण योगदान रहेको स्थानिय बौद्ध धर्मावलम्बी अनुयायीहरुले बताएका छन् । हठात मृत्युको खबरले गुम्बा अन्तर्गत रहेका अनुयायीहरु शोकाकुल भएका छन् ।

मृतक लामाको शव काठमाडौंबाट चुनियाँ गुम्बातर्फ ल्याउँदै गरेको गुम्बाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*