मकवानपुरे उदयीमान गायक शोभराज तामाङको सुन्दर शान्त सार्वजनिक

मकवानपुर । हेटौडाबाट नेपाली साङ्गीतिक क्षेत्रमा सकृय हुँदै गरेका गायक शोभराज तामाङको नयाँ गीत सुन्दर शान्त गीत बुधबार सार्वजनिक भएको छ । गायक स्वयम्कै शब्द संगीतमा रहेको गीतमा तामाङ चलचित्रकी नायिका तथा मोडल अनिता गोले हेटौंडाकै आशा लाग्दा नव मोडल ज्ञानदेन लामाको जीवन्त अभिनय रहेको छ ।
भ्रमण वर्ष २०२० चलिरहँदा मकवानपुरको भैंसे क्षेत्रको रमणिय दृश्य यस भिडियोमा देख्न सकिनेछ । पर्देशीएको ज्ञानदेन आफ्नो प्रेमिका अनितालाई सम्झिदैं घर फर्केर आउँदा अरु कसैको भइसकेको वियोगान्त दृश्य तथा प्रेमभाब झल्काउने दृश्यहरु भिडियोमा देख्न सकिनेछ । यस अघि सार्वजनिक आफ्ना साङ्गीतिक कोसेलीहरुबाट आम दर्शकको माया पाउन सफल भएको उनको अनुभव छ ।
फराज अर्पणको छायांकन, सम्पादन तथा निर्देशन रहेको यस भिडियोमा शृंगार सपना लम्सालले गरिकी छन ।
ओयस आर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक भएको सुन्दर शान्त गीतलाई दर्शक स्रोताले अधिक मनपराउनेमा आफू ढुक्क रहेको गायक शोभराज तामाङले डाइरेक्ट समाचार डटकमलाई बताएका छन् ।