मकवानपुर चुनियाँ गुम्बाका प्रमुख लामा सिन्तानको दामन ऋषेश्वरमा अन्त्येष्टी (फोटो फिचर सहित)

नवराज वाईबा
१० माघ २०७६, शुक्रबार १६:१९

मकवानपुर । गत मंगलबार निधन भएका भीमफेदी गाउँपालिका २ चुनियाँ, उर्गेन याङफेल लिङ बौद्ध गुम्बाका प्रमुख लामा लारिन लामा सिन्तानको शुक्रबार (आज) दामन ऋषेश्वरमा अन्त्येष्टी गरिएको छ । उनको शवमा कान्छो छोरा कर्मा लामाले दागबत्ती दिएको छ ।

अन्त्येष्टी अघि चुनियाँबाट ऋषेश्वरसम्म शव यात्राका क्रममा हजारौँ स्थानिय बौद्ध धर्मालम्बीहरु सहभागी भएका थिए । लामाको गत मंगलबार गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।

बौद्ध धर्म अन्तर्गत लामो समयसम्मको ध्यान तपश्या प्राप्त लामाले विगतमा बौद्ध धर्म प्रचार प्रसार र जागरणकालागि महत्वपूर्ण योगदान पुर्याएको स्थानिय बौद्धधर्मावलम्बीहरुले बताएका छन् ।

अन्त्येष्टीका क्रममा नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय महासचिव प्रेमदोर्जे लामा, लामा जित दोर्जे लामा लगायत स्थानिय हजारौँ बौद्धमार्गीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*