प्रहरीको व्यवहारप्रति आपत्ति, न्यायपूर्ण अनुसन्धानमा सहयोग गर्छौं – बोधी श्रवण धर्म संघ (विज्ञप्तीसहित)

संवाददाता
२७ माघ २०७६, सोमबार १६:५०

मकवानपुर । बोधी श्रवण धर्म संघले सोमबार एक विज्ञप्ती जारी गर्दै माघ २४ गते शुक्रबार बिहान उक्त धर्म संघको सिन्धुली स्थित काझोक्पा (धार्मिक केन्द्र)मा प्रहरी प्रशासनद्वारा भएको व्यवहारलाई दुखद् भनेको छ । लाखौं भक्तजनहरुको आस्थाको केन्द्र काझोक्पामा विना सूचना हातहतियार सहित उपस्थित भई मूल प्रवेश द्वारको ताला तोडफोड गरी प्रहरीबाट अभद्र व्यवहार भएको र उक्त कार्यले संघ मर्माहत बनेको विज्ञप्तीमा उल्लेख छ ।

तस्वीर- गुगलबाट

सरकारलाई न्याय र न्यायोचित विधि प्रकृया र व्यवहारमा संघले सदा साथ दिने प्रतिवद्धता विज्ञप्तीमा छ । बलत्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका बोधी श्रवण धर्म संघका गुरु रामबहादुर बमजनमाथि केही वर्ष अघिदेखि प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*