अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो

साढे १२ लाख संक्रमित
संवाददाता
२६ बैशाख २०७७, शुक्रबार ०९:११

मकवानपुर । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्यु योर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्यु जर्सीमा ८ हजार ८०७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिकामा हालसम्म कूल संक्रमितको संख्या १२ लाख ५४ हजार ७५० पुगेको छ । जसमध्ये एक लाख ९५ हजार ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

अमेरिका हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । (समाचार साभार- ‘अनलाइन खबर’ बाट )।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*