रिद्धि सिद्धि सिमेण्टलाई नेकपा वडाकमिटीको ध्यानाकर्षण

उद्योगका कारण कोरोनाको जोखिम बढ्न सक्ने दावी
संवाददाता
१ जेष्ठ २०७७, बिहीबार १४:१३

मकवानपुर । रिद्धिसिद्धि सिमेण्ट उद्योगका कारण स्थानियमा कोरोना (कोभिड १९) को उच्च जोखिम बढ्न सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी हेटौंडा – १५ नम्बर वडाकमिटीले विहीबार उद्योग प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

उद्योगमा भारत र अन्य जिल्लाका कर्मचारी, मजदुरहरु रहेको र विभिन्न बाहिरी जिल्लाहरुबाट सवारी साधानहरु समेत आवात जावत गरिरहेकाले वडाबासीमा जोखिम बढ्न सक्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको वडाकमिटीका अध्यक्ष दिपेश थिङले जानकारी दिए ।

उद्योग प्रशासनले नेपाल सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्न पनि कमिटीले भनेको छ । हाल सरकारले यसअघि जारी गरेको सम्पूर्ण यातयात सवारी पास बन्द गरिसकेको छ । यसबीचमा रिद्धिसिद्धि उद्योगले आफ्ना कच्चापदार्थ विरगंज हुँदै ल्याउने गरेको र हाल उक्त क्षेत्रमा संक्रमितको संख्या बढ्दै गएकोमा वडाबासी जोखिममा परेको भन्दै स्थानियले गुनासो गर्दै आएका थिए ।

हाल विश्वभर महामारीको रुपमा फैलिरहेको यस रोगका सम्बन्धमा उद्योगले  उच्च सुरक्षा कायम राख्न वडा कमिटीले भनेको छ ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेकपा वडाकमिटी सचिव गिताप्रसाद दुलाल, वडाइन्चार्ज मनकुमार लो, सहइन्चार्ज पदमबहादुर लो, चुरियामाई गाविस पूर्व अधयक्ष प्रेम भोम्जन, १५ नम्बर वडा सदस्य तथा पार्टी वडा सचिवालय सदस्य पातलीमाया गोङबा लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*