अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार ०९:२९

मकवानपुर । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३ सय ९६ पुगेको उल्लेख छ ।

बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १७ लाख पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ४ लाख निको भएर फर्किएको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामै मृत्यु भएको छ । बीबीसीका उत्तर अमेरिकी संवाददाता जोन सोपेलका अनुसार कोरिया, भियतनाम, इराक र अफगानिस्तानमा गरी भएको ४४ वर्षको युद्धमा भन्दा बढी अमेरिकी नागरिकको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*