रुकुमपश्चिम घटनाको छानविन माग गर्दै हेटौंडामा प्रदर्शन

संवाददाता
१६ जेष्ठ २०७७, शुक्रबार १९:११

मकवानपुर । रुकुमपश्चिमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै हेटौंडामा प्रदर्शन गरिएको छ । अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा मकवानपुरमा कार्यरत दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

‘सबै खाले जातिय बिभेदको अन्त्य गर, जातिय भेदभाव छुवाछुत ऐन २०६८ अनुसार कारवाही गर’, लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।

अहिलेको २१ औं सताब्दीमा पनि जातिय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । दर्शनको क्रममा बोल्दै दलित अधिकारकर्मी जंगबहादुर बिश्वकर्माले मृतकलाई सामुहिक हत्या गरिएका युवाहरुलाई सास्कृतिक शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए । उनले घटनाको सत्य तथ्य छानबिन तथा दोषिलाई कारवाही नभए संर्घषका थप आन्दोलन घोषण गर्ने चेतावनी समेत दिएका छन् ।

बिहिबार मात्रै मकवानपुरका दलित अधिकारकर्मीहरुले घटनाको ध्यानर्कषण गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल समक्ष प्रधानमन्त्रि केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर भएको घटनामा ५ जनाको शव फेला परेको छ भने अझै एक जना बेपत्ता रहको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*