गुल्मीमा क्वारेन्टिनमै आत्माहत्या

संवाददाता
१८ जेष्ठ २०७७, आईतवार ०९:१७

मकवानपुर । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

शौचालय जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए । खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डिएको अवस्थामा फेला परेको न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*