‘गुरुलाइ चिन्न नसक्नु दुःखको कुरा हो’

‘गुरु ज्यु लौकिक र अलौकिक दुवै हुनुहुन्छ’
संवाददाता
९ असार २०७७, मंगलवार ०८:४४

कमान सिं लामा

वोधी मार्ग दर्शन मैत्री धर्म – एक जगत, एक प्राणी, एक धर्मको सिमाविहिन संसार बनाउने महान उद्देश्यले प्रेरित भएर यस धर्तीमा स्थापना भएको भएता पनि पहिलो प्राथमिकता भनेको पृथ्वी प्रलय हुन बाट जोगाउनु रहेको छ । पृथ्वी प्रलय हुनबाट बचाउनको लागी सर्वप्रथम् ललितपुर जिल्लाको बुंगमती चुनिखेलमा २०७३ चैत्र ८ गते देखि २० गते सम्म विश्वशान्ति महामैत्री पुजा एवं महा-दर्शन आशीर्वाद कार्यक्रमको महान उद्देश्यले सर्व वनस्पति जगतको दिर्घायु र वृद्धि विकासको कामना गर्नुहुँदै वातावरणीय अनुकूलको माध्यमबाट मात्रै पृथ्वी प्रलयको श्रोतलाइ छेक्न सक्ने भएकोले, सो परिस्थिति कायम गराउन सर्व गुरुहरुबाट तथास्तुको आशीर्वाद प्रदान गर्नु भएको हो ।

सोहि महादर्शनबाट विश्व वनस्पति जगतलाई महा-अभिशेष एवं परमात्मा गुरु ज्यु बाट प्राप्त आशीर्वादकै कृपाले समाप्तितर्फ उन्मुख हुँदैगइरहेको वनस्पति जगत्मा दिनानुदिन वृद्धि विकास हुनुको साथै मौसममा परिवर्तन हुँदै, अति वृष्टि , अनावृष्टि र खण्ड वृष्टि जस्तो प्रतिकुल मौसमलाइ अनुकुलिय वातावरणमा क्रमशः परिवर्तन हुँदै आएको अनुभूति, अनुभवी र स्मरण क्षमता भएको मानव जीवनहरुमा बोध हुनैपर्ने विषय हो । पृथ्वीले वातावरण शुद्धीकरण गरी आफू संहार हुनबाट जोगिनलाइ कोरोना नामको महाव्याधी उत्पन्न गरेर मानव जीवनलाइ बन्दाबन्दीमा राख्नुपर्ने बाध्यता सृजना भयो । सो कार्यले कार्वन जस्तो विषलाइ प्रशोधन गरेर प्रलय हुन बाट बच्न सुनिश्चित भएको छ । यी सबै परिस्थिति तयार हुनुको कारक तत्व महा दर्शन पूजाको महा अभिषेक आशीर्वाद नै हो ।

परमात्मा गुरु ज्यू नेपाल देशमा जन्म हुनुभएर चौध वर्षको किशोर अवस्थामा, ६ वर्ष ६ महिना ६ दिन सम्म निराहार, निर्जल घनाघोर निर्जन जंगलमा कठोर तपस्या गर्नु भइ सो तपस्याबाट प्राप्त दिव्य ज्ञानको माध्यमले आज विश्वलाइ ध्वस्त हुनबाट जोगाउनु भएको महान गुरु ज्यू लाइ देश र सरकारले चिन्न नसक्नु अति नै दुखदायी विषय बन्न पुगेको छ । गुरु ज्यू नेपाल देश बाट विश्वमानव जगत्लाइ नयाँ भाषा र नयाँ लिपी उपहार दिनको लागी अहोरात्र खटिरहनुभएको गुरु ज्यू माथि नेपाल सरकारले गुरु ज्यूको सुरक्षा एवं हेरचाह र मर्यादित गराएर विश्वसामु नेपालको परिचय दिनुपर्नेमा उल्टै आतंककारी घोषणा गर्न मात्रै बाकी राखेर गुरु माथि ठूलो अन्याय गरेको छ । स्मरण रहोस्, आध्यात्मिक रुपमा गुरु ज्यू माथि गरेको अन्यायको नतिजा राम्रो हुने छैन । सरकार र सरकारको अंगको रूपमा रहेको विवेकहीन मानवहरुलाइ म अग्रिम आग्रह गर्न चाहन्छु, तपाईंहरु सुध्रिनुहोस्, हैन भने यसको परिणाम ढिला चाँडो बेहोर्नु पर्ने हुन्छ ।

गुरु ज्यू लौकिक र अलौकिक दुवै हुनुहुन्छ । लौकिकमा मात्रै उहाँ परमात्मा गुरु ज्यू मानव रूपमा देखिनु हुन्छ भने अलौकिकमा उहाँ सर्वज्ञ, कृपा नाथ, दयानाथ, सर्वेश्वोर,सृष्टिकर्ता सबै उहाँ नै हुनुहुन्छ । आज म राज्यलाइ चुनौती दिन चाहन्छु । गुरु ज्यू पक्राउ गर्न सयौंको संख्यामा पटकपटक प्रहरी परिचालन गरेको असार ४ गतेसम्म यो तेस्रो पटक हो । तेस्रो पटक सम्म पनि गुरु ज्यू लाई पक्राउ गर्न असफल प्रहरीहरुले आफू असफल भएको झोंकमा उल्टै गुरु ज्यूको चेलाहरु माथि निर्मम तरिकाले प्रहार गरेर आफैँलाई यति धेरै कमजोर सावित गराएको छ कि जसको कुनै मुल्यांकन नै छैन ।

नेपाल सरकार र नेपाल प्रहरीलाइ हामी भन्छौ, गुरुलाइ पक्राउ गर्ने शक्ति र क्षमता विश्वमा कोहि कसै सँग त्यो तागत छैन । व्यर्थमा नचाहिँदो पाप कमाउने कोशिस् मात्रै नगरौँ, गुरु को हुनुहुन्छ ? चिन्न खोजौँ, पहिचान गर्ने कोशिश गरौँ, नचाहिँदो कुकर्म नगरौँ, बेलैमा होस् पुर्याऊँ, व्यर्थमा पछुतो गर्नु पर्नेछ । गुरुलाइ साधरण मानिसको रूपमा नहेरौँ गुरु स्वयम् परमात्मा हुनुहुन्छ । गुरुलाइ पक्राउ गर्ने भनेको , आकाशको तारा टिपेर ल्याउने जस्तै हो । सर्व मैत्री मंगलम । (लेखक – बोधी श्रवण धर्म संघ मा आवद्ध हुनुहुन्छ, आलेख लेखकको नीजि विचार हो । तस्वीर – लेखकको फेसबुक वालबाट\ गुगलबाट ।) । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*