भारतमा कोरोनाबाट एकैदिन ४६५ जनाको मृत्यु

संवाददाता
१० असार २०७७, बुधबार १५:५०

मकवानपुर । भारतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४६५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १४ हजार ४७६ पुगेको छ ।

भारतमा संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ५८ हजार ६८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*