‘मेरो पहिलो कर्तव्य पृथ्वीलाई प्रलय हुनुबाट जोगाउनु’

संवाददाता
११ असार २०७७, बिहीबार ०८:०१

 

कमान सिं लामा

शताब्दी कै सबैभन्दा खतरा अवस्था र सबैभन्दा दुखद् घडिमा आज हामी मनुष्यहरु छौं । हुन त मनुष्यले आकाश देखि समुन्द्र सम्मका सम्पूर्ण स्पेसहरु कब्जामा नलिएको होइन, आकाश देखि पातालसम्म आ-आफ्नो भागवण्डा गरिसकेको छ । मान्छेले परमात्माबाट प्राप्त गरेको ज्ञानले विज्ञानमा परिणत गरि कसैले कसैलाई नटेर्ने भएको छ । जसको कारणबाट परमात्मको अस्तित्व माथि पनि शंका गरेर परमात्मा प्रति नै स्वयंको अनुकुलको गलत टिक्का टिप्पणीको व्याख्या गर्न पनि पछि परेको छैन ।

आज ती मान्छेहरु निरीह भएर आफन्तजनबाट समेत टाढा भएर आफ्नै घरभित्र ढोका थुनेर लुकेर बस्न बाध्य भएको छ । आज तिनीहरु गुहार मागिरहेको छ । परमात्मा भगवानको नामै लिन नचाहनेहरु पनि परमात्मा भगवानलाई गुहारिरहेको छ । मानिसहरु घर भित्र लुकेर बसेको कारण वातावरण स्वच्छ भएर विश्वतापमान क्रमशः घटेर गइरहेको छ । जंगली जनावरहरु स्वतन्त्र भएर शहर डुल्न निस्किएको छ । लुटेराहरु पनि स्वयंलाइ महामारीको पर्वाह नगरी राहत बाँडन हिँडिरहेको देखिन्छ । यी सबै स्थिति परिस्थितिलाई मध्यनजर गर्दा, मलाई सम्झना आउँछ, परमात्मा गुरु ज्यू को वचन-‘मेरो पहिलो कर्तव्य पृथ्वीलाई प्रलय हुनुबाट जोगाउनु रहने छ ।’

परमात्मा गुरु ज्यू ले भन्नुभएको वचनलाई सम्झेर अनि म झसङ्ग हुन्छु । वरपरको वातावरणलाई नियालेर हेर्छु, पृथ्वी, मानवबाट आवश्यकता भन्दा बढि अतिक्रमण भएकै कारणले प्रलयको मुखमा पुगिसकेको रहेछ । अनि गुरु ज्यू बाट बेला बेला वचन हुने गर्दथ्यो, हामीले गरेको पाप पुस्तौं पुस्ताले भोग्नु पर्छ, हो नै रहेछ, किनकी हाम्रो पुर्खाहरुले जानी नजानी गरेको वनस्पति जगत्को विनाशबाट भएको असर अहिलेका पुस्ताले भोग्नु परेको छ ।

पृथ्वी प्रलय हुनु भनेको सर्वप्राणीहरु विलय हुनु हो, पृथ्वी प्रलय हुनुबाट रोक्नु भनेको सर्वप्राणी यस धर्तीमा सदासर्वदा आसिन रहिरहनु हो । त्यसैले गर्दा आज धर्तीलाइ यथावत् कायम राख्न धर्ती स्वयंले मान्छेबाट प्रकृतिलाइ केहि समयसम्म, असर नगराउन र सम्पर्क विहीन गर्न कोरोनारुपी अवतार लिएर सबै मान्छेहरुलाइ घर भित्र थुन्न सफल भएको छ । जसको कारण वातावरणमा पुर्णतया परिवर्तन भै बदलिएको छ । सदाझैं चैत, बैशाख र जेष्ठको महिनाले प्रचण्ड घामको खडेरी खानु परेन, पुर्णरूपमा वर्षा पाइनै रह्यो भइनै रहेको छ, तराइको जंगलमा आगो लगाएर सिकार गर्न पल्किएको दुष्ट शिकारीको सलाइ बलेन, जसको कारण वन्यजन्तुहरु सुरक्षित हुदैँ गाउँ शहर घुम्ने शताब्दीकै सुवर्ण अवसर प्राप्त गरेको छ । मानिसहरु घर भित्र थुनिएर बस्नु पर्दा यातायात र कलकारखानाहरु संचालनमा नआएको, नचलेको कारण डिजेल पेट्रोल जल्नु परेन, जसको कारण धुवाँबाट निस्कने कार्वनडाइ अक्साइड उत्सर्ग हुन नपाएकोले आकाशको ओजन तहको झिल्लिमा परेको प्वालहरुको घाउ खाटा बस्न पुगे, अब ढुक्क हुनुस्, पृथ्वी प्रलय हुदैंन, यी सबै परिवर्तन गराउनुमा कोरोनामाईको पूर्ण कृपा रहेको छ ।

परमात्मा गुरु ज्यू बाट वचन भएको छ । पृथ्वी प्रलय हुन बाट रोकी सकेपछि अनि मेरो दोश्रो कर्तव्य हुनेछ, एक जगत, एक प्राणी, एक धर्मको निर्माण गर्नु रहेको छ । आज हामी मानवहरु पृथ्वीमा जन्म भएर पनि आफ्नो मन खुशीले पृथ्वी भरि घुम्न, हिँडन र बस्न पाउदैंन, भन्ने नै हो भने हामी मानवहरु चरा, माछा र जनावर भन्दा पनि तल्लो दर्जामा छौं, किनकी यिनिहरुलाई एक स्थानबाट अर्को स्थानमा जानु भिसा चाहिँदैन, मान्छेलाई भने विना भिसा कुनै पनि देशमा हिँडन जानु पाइदैंन, यो भनेको स्पष्ट मानवअधिकारको हनन् हो । सीमा विहीन राज्यको निर्माण गरेर जुनलोकमा जन्मेको छ त्यो लोक कसैको अनुमती विना आफ्नो स्वेच्छाले घुमफिर गर्न पाउने एक जगत्को निर्माण गर्नु रहेको छ । यसकालागि आवश्यक कदमहरु प्राकृतिक रुपले सुरुवात भइसकेको छ प्रतीक्षा गर्दै गर्नु होला । सर्व मैत्री मंगलम् । (लेखक – बोधी श्रवण धर्म संघ मा आवद्ध हुनुहुन्छ । लेख, लेखकको नीजि विचार हो । तस्वीर – ‘मैत्री डट इन्फो’ बाट ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*