कोरोनाबाट विश्वभर हालसम्म ५ लाख ६३ हजारको मृत्यु

संवाददाता
२७ असार २०७७, शनिबार १६:२८

विश्वभर कोभिड–१९ बाट विश्वभर १ करोड २६ लाखभन्दा बढी संक्रमित भएका र ५ लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस संक्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि संक्रमित रहेका छन् ।

विश्वमै सवैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा विगत २४ घण्टामा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै ६३ हजार ६४३ पुगेको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । योसँगै अमेरिकामा शनिबारसम्म संक्रमितको सङ्ख्या ३२ लाख ९१ हजार ७८६ पुगेको छ । अहिलेसम्म एक लाख ३६ हजार ६७१ कोभिड–१९ संक्रमितको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*