गरीबीले ओत लाउन खर उठाउँछन (गजल)

संवाददाता
१५ श्रावण २०७७, बिहीबार १७:५०

सुरेन्द्र घलान

भीमफेदी गाउँपालिका – ३, मकवानपुर

 

गरीबीले ओत लाउन खर उठाउँछन
दिनभरि गिट्टि बालुवा पथ्थर उठाउँछन

छाेरा सँगै सारा खुशि पर्देशिले लुट्याे
निर्दयि साहुले झुप्राे घर उठाउँछन

उत्पादन भन्छन वातावरण बिदहरु
निर्यातकाे कुनियतले बगर उठाउँछन

ठेला सँगै धकेल्दै छन सारा जिन्दगी
गिद्दे नजर सरकारकाे कर उठाउँछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*