कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

संवाददाता
१६ श्रावण २०७७, शुक्रबार १८:५९

मकवानपुर । नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय साउन १५ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ । पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ छपकैया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको साउन १५ गते मृत्यु भएको हो ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ स्थायी घर भइ ललितपुर थसीखेल–५ बस्ने एक ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*