प्रहरीलाई घुस दिन खोज्ने चार सवारी चालक मकवानपुरबाट पक्राउ

संवाददाता
१७ श्रावण २०७७, शनिबार ०९:३१

मकवानपुर । सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस रकम दिन खोज्ने चार जना सवारी चालकहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना ८ ख २४२२ नम्बरको डिब्बा गाडीका चालक मकवानपुर गढी गाउँपालिका – ४ बस्ने २६ वर्षीय जितेन्द्र विष्ट, ना ६ ख १५४३ नम्बरको ट्रक चालक रौतहट, चन्द्रपुर नगरपालिका – ६ बस्ने २० वर्षीय सुमन मगर, प्रदेश नम्बर २–०३००१ ख १४८७ नम्बरको ट्रक चालक सोही जिल्ला चन्द्रपुर नगरपालिका – ४ बस्ने २६ वर्षीय रामजन राई र को १ ख ७३०९ नम्बरको मिनिट्रक चालक सिराहा, गोलबजार नगरपालिका – ८ बस्ने २० वर्षीय नौसाद मिक्रान रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका –१९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानी तथा वडा नम्बर –८ स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगर प्रहरी चेक पोष्टबाट विहीबार राती उनीहरुलाई पक्राउ गरिएको हो । सुरक्षा मापदण्ड विपरीत राँगा भैँसी लोड गरी ल्याएका उनीहरुले छुटाउनकालागि प्रहरीलाई आर्थिक प्रलोभन देखाउन खोजेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*