आज देशको मौसम

संवाददाता
१७ श्रावण २०७७, शनिबार ०९:४१

मकवानपुर,शनिबार पनि देशका केही ठाउ मा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले आज पनि थोरै ठाउमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउमा ठूलो पानी पर्ने र केही ठाउ मा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ । तर लगातारको झरी भने कतै पनि नहुने उहाले जानकारी दिनुभयो । पर्सि सम्म हिजोअस्तिकोभन्दा थोरै पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाका अनुसार प्रदेश ४ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउमा ठूलो पानी पर्ने संभावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*