हेटौंडाबाट लागू औषधसहित एक पक्राउ

संवाददाता
१७ श्रावण २०७७, शनिबार १०:३०

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषधसहित एक सवारी चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका – १५ बस्ने ३० वर्षीय सुरेश नेपाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी चेकिङ टोलीले पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको ग १ च २८१७ नम्बरको भुसा लोड गरी ल्याएको पिकअप गाडीमा लागु औषधसहित उनी पक्राउ परेका हुन् । उक्त गाडीको चालक सिटमुनि कालो पोलिथिन झोला भित्र लुकाई ल्याएको अवस्थामा लागु औषध डाईजेपाम १९३ एम्पुल, नुर्फिन २०३ ऐम्पुल र फेनारगन १८५ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका नेपालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*