आज देशका केही ठाउमा भारी वर्षा हुने

संवाददाता
१७ श्रावण २०७७, शनिबार १०:३६

मकवानपुर । शनिबार पनि देशका केही ठाउँमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले आज पनि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् समिर श्रेष्ठको अनुसार आज शनिबार प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।तर लगातारको झरी भने कतै पनि नहुने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*