नेपाली काँग्रेस हेटौंडा नगर सभापति पराजुलीद्वारा २ घरपरिवारलाई जस्तापाता सहयोग

संवाददाता
१७ श्रावण २०७७, शनिबार १४:५०

मकवानपुर । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाका नगरसभापति आनन्दराम पराजुलीले हेटौंडा उपमहानगरपालिका –१५ घट्टेदमारका विपन्न २ घरपरिवारलाई शनिबार घर छाउन जस्तापाता सहायोग गरेको छ ।

वर्षात्को समयमा घरमा पानी चुहिएर कष्टकर रुपमा बसिरहेका स्थानिय डिलबहादुर पाख्रिन र जितबहादुर पाख्रिनको घरपरिवारलाई पराजुलीले करिव २५ हजार रुपैयाँ बराबरको जस्तापाता सहयोग गरेको हो ।

सहयोगका क्रममा नेपाली काँग्रेस वडा नम्वर १५ इकाई कमिटीका कार्यवाहक सभापति नवराज घलान, नेपाली काँग्रेस जनजाति संघ नगरकमिटीका सभापति हर्करत्न लामा, स्थानिय मिनबहादुर घलान लगायतको उपस्थित थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*