थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

संवाददाता
१७ श्रावण २०७७, शनिबार १७:०४

मकवानपुर । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*