भारतमा कोरोनाबाट मन्त्रीको निधन

संवाददाता
१८ श्रावण २०७७, आईतवार १२:००

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्तर प्रदेशको एक मन्त्रीको निधन भएको छ । संक्रमणका कारण उत्तर प्रदेश प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ ।

उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ । (सामाचार साभार–“थाहा खबर डट कम” बाट) ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*