भीमफेदी कारगारबाट भागी फरार रहेका कैदी धामी पक्राउ

संवाददाता
१८ श्रावण २०७७, आईतवार १२:५९

मकवानपुर । मकवानपुर प्रहरीले भीमफेदी कारगारबाट भागी फरार रहेको एक कैदीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरी साविकको बकुलरी गाविस–४, हाल सोही जिल्ला रामधुनी नगरपालिका –७ बस्ने २५ वर्षीय कैदी कुलदिपराज धामी भीमफेदी कारगारबाट यस अघि २०७६।०७।०३० गतेदेखि भागी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले उनलाई नवलपरासी, देवचुली नगरपालिका – १६ रजहरबाट गत शुक्रबार पक्राउ गरिएको जनाएको छ ।

फरार रहेका उनलाई निरन्तर खोजतलास गर्ने क्रममा कञ्चनपुरबाट चितवन तर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा पुगेको मकवानपुरको प्रहरी टोलीले सो स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनी २१ वर्षीय रोजिन गुरुङलाई कर्तव्य गरी मारेको अपराधमा २० वर्ष कैद सजाय तोकी भीमफेदी कारगारमा कैद भुक्तान गरिरहेका थिए ।

कैदी धामीलाई कारगार कार्यालय भीमफेदी पठाउने प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*