हेटौंडा – १६ मा नेकपाको चिसापानी टोल कमिटी गठन

संवाददाता
१८ श्रावण २०७७, आईतवार १८:०५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका – १६ मा नेपाल कम्न्युष्ट पार्टी चिसापानी टोल कमिटी गठन भएको छ । आइतबार भएको एक कार्यक्रममा हरि प्रसाद चौंलागाईंको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको हो ।

कमिटीको सचिव मा बिन्दा अधिकारी दाहाल, सदस्यहरुमा कुमार थापा, देवकुमार घिमिरे, रिता विश्वकर्मा, दिपक कार्की, दमन बलामी, कौशिला सिंह, श्याम खतिवडा, हरि बहादुर घिमिरे, सुवाश लामिछाने, सुनिता कार्की, प्रेम पौडेल, सन्तोश राइ, ज्योति विश्वकर्मा रहेका छन् ।

नेकपा चिसापानी टोल कमिटी इन्चार्ज धन बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा १६ नम्बर वडाका इन्चार्ज जगनाथ रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा हेटौंडा १६ नम्बर वडाकमिटीका अध्यक्ष अभिनाश गजुरेल, सल्लाहकार गोविन्द दाहाल, लोकनाथ चौंलागाई, कृष्ण बहादुर राई, ध्रुब प्रसाद धिताल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*