हेटौँडाका समाज सेवी सञ्जेलको पहलमा, क्यान्सर पीडित दाहाललाइ सहयोग

संवाददाता
१८ श्रावण २०७७, आईतवार २१:२७

मकवानपुर । हेटौडा उप महानगरपालिका – ६ स्थित रामनगरका ४३ वर्षिय क्यान्सर पीडित राजकुमार दाहाललाइ आर्थिक सहयोग रकम आइतबार हस्तारण गरिएको छ । हेटौडा – ४ का समाजसेवी इन्द्र प्रसाद सञ्जेलको पहलमा क्यान्सर पीडित दाहाललाइ ५५ हजार ५ सय ५५ रुपैयाँ उनकै निवासमा पुगेर हस्तान्तरण गरिएको हो ।

अमेरीका बसोबास गर्ने सुमीत सञ्जेल सहित मुकुन्द फुयाँल, प्रदिप फुयाँल, प्रयास राई, अच्युत पोखरेल, राजु तिमल्सिना, विकाश गौतम, श्याम विष्ट लगायतको सकृयतामा संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको ईन्द्र प्रसाद सञ्जेलले बताए ।

समस्यासँगै २ पटक अप्रेशन समेत गरिएको दाहालको अवस्थाका नाजुक भएका कारण केही राहात होस् भनेर सानो सहयोग गरिएको सञ्जेलले बताए ।

आफ्नो अवस्था नाजुक भएको र श्रीमानको मुखमा सानो घाउ आएको र सोही घाउकै कारण समस्या बढ्दै गएर अप्रेशन समेत गरिएपनि  स्वास्थ्य सुधार नभएको श्रीमति कल्पना दाहालले बताईन ।

सहयोग पाएको विषयमा बोल्दै उनले कमाई गर्ने मुख्य मान्छे थला पर्नुसँगै आफुपनि ग्ल्यान टिबी पीडित भएको र समस्या परेको समयमा पाएको सहयोग रकम ठूलो भएको बताइन् । उनले अवस्था नाजुक भएका कारण सबै सँग सहयोगको अपेक्षा गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*