सिन्धुपाल्चोक मेलम्चीमा पहिरो ८ जना बेपत्ता

संवाददाता
१९ श्रावण २०७७, सोमबार ०८:५१

तस्वीर – “ईकान्तिपुर डट कम” बाट ।

सिन्धुपाल्चोक – गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*