हेटौंडा –१५ का स्वर्गीय वाईबाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

संवाददाता
१९ श्रावण २०७७, सोमबार १७:१०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका –१५ भोर्ले टोल विकास संस्थामा आवद्ध स्वर्गीय वीर बहादुर वाईबा (कृष्ण) को सातांै दिनको पुण्यतिथिमा भोर्ले टोल विकास संस्थाद्वारा सोमबार श्रद्धाञ्जली सभा भएको छ ।

उपस्थित सहभागीहरुले स्वर्गीय वाईबाको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

भोर्ले टोल विकास संस्थाद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वडासदस्य पर्सबहादुर भुजेल, टोल विकास वडा समन्वय समितिका अध्यक्ष सिंहबहादुर विक, संसारेमाई सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बमबहादुर खड्का लगायत टोलबासीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम वडाध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता तथा उक्त टोल विकास संस्था तदर्थ समितिका अध्यक्ष आइत सिं लामाको अध्यक्षतामा भएको समितिका उपाध्यक्ष कुमार रुम्बाले जानकारी दिए । आफ्नै घरमा एक्कासी अचेत भएर बिरामी परेको वाईबाको गत साउन १३ गते निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*