हेटौंडामा “ह्याङला माने गाङ संरक्षण समिति” गठन

माकवानपुर । हेटौंडा उपमहानगरपालिका – १५ शिखरपानीस्थित मानेडाँडामा बौद्ध धर्म संस्कार अनुसार निर्माण भएका माने (चैत्य) हरुलाई संरक्षण गर्न शनिबार बसेको एक भेलाले स्थानिय भिमबहादुर पाख्रिनको नेतृत्वमा ह्याङला माने गाङ संरक्षण समिति गठन गरिएको छ ।
उपाध्यक्षमा लालबहादुर पाख्रिन, सचिव धनराज मोक्तान, कोषाध्यक्ष उषा घलान, सह–सचिवमा सानुकान्छा थिङ चयन भएको छ ।
समितिले स्थानिय धार्मिक आस्थाका केन्द्रहरुको संरक्षण तथा संस्कारहरुमा सकरात्मक सुधारकालागि जागरणमूलक कार्यक्रमहरु सञ्चालन गरिने स्थानिय समाजसेवी दिपेश थिङले जानकारी दिए । यसैगरी सो स्थानलाई स्थानिय पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिने समाजसेवी थिङले बताए ।
भेलामा हेटौंडा उपमहानगर कार्यपालिका सदस्य पातालीमा गोङबाको समेत उपस्थिति थियो ।
भेला हेटौंडा – १५ शिखरपानीस्थित रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रबहादुर पाख्रिनको अध्यक्षतामा भएको हो ।