हेटौंडेली गायक सुशिल थिङको तिहार कोशेली “हामी देउसी भाई” युट्युबमार्फत सार्वजनिक

संवाददाता
२२ कार्तिक २०७७, शनिबार १८:४३

मकवानपुर । हेटौंडेली गायक सुशिल थिङको तिहार कोशेली “हामी देउसी भाई” शनिबार एक कार्यक्रमकाबीच युट्युबमार्फत सार्वजनिक गरिएको छ । “हामी देउसी भाई” मा कलाकारहरु सचिन वाईबा, निरु थिङ, राधिका स्याङतानको अभिनय रहेको छ । यस्तै बाल कलाकारहरु प्रियन्सी जिम्बा, सोफिया थिङले अभिनय गरेकी छन् । गीतमा प्रकाश थिङको नृत्य संयोजन रहेको छ ।

शब्द, संगीत गायक थिङकै रहेको “हामी देउसी भाई” को निर्देशन धिरेन लामाले गरेको हो । गीतमा कोरस गायनमा बिन्दा मगर रहेकी छन् भने श्रृङ्गार सुजना रुम्बाको रहेको छ । गीतको छायाङ्कन, सम्पादन विक्रम लुङबाको रहेको छ भने सह–छायाङ्कन धन पाख्रिनले गरेको हो ।

हेटौंडाका स्थानिय कलाकारहरुको टीम मिलेर प्रस्तुत गरिएको “हामी देउसी भाई” को पोष्ट प्रोडक्शन ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालि हेटौंडाले गरेको हो ।

आउँदै गरेको नेपालीहरुको मौलिक पर्व तिहार पूर्व युट्युबमा सार्वजनिक भएको “हामी देउसी भाई” गीतले स्रोता एवम् दर्शकको मन जित्न सफल हुनेमा निर्माता सहित कलाकारहरु ढुक्क देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*